अब जनता बोल्छन् !

काठमाडौं । पब्लिक न्युज एजेन्सीले अब जनता बोल्छन् नामक कार्यक्रम ल्याउने भएको छ ।

कोरोना भाइरसको यो महामारीलाई मध्यनजर गर्दै उक्त कार्यक्रम ल्याउन लागिएको हो ।

कार्यक्रममा आम जनताले भोग्दै आएका दुख र असहज परिस्थितीका बारेमा समेटिने बताइएको छ ।

आम मानिसहरुले भोग्नुपरेका विभिन्न समस्याहरुका बारेमा कार्यक्रममा उजागर गर्ने प्रणसहित पब्लिक न्युज एजेन्सीले यस्तो कार्यक्रम ल्याउन लागेको हो ।

कार्यक्रमले जनताका गुनासा, समस्याहरु राज्यसमक्ष पुर्याउने उदेश्य राखेको छ ।

हप्ताको तीन दिन शनिवार, सोमवार र शुक्रवार राती ८ बजे कार्यक्रम प्रशारण हुने बताइएको छ।

कार्यक्रममा नेपालमा संक्रमितहरुको विभिन्न ठाउँको अवस्था तथा केन्द्र लगायत स्थानीय सरकारको गतिविधिको प्रभाव, अभाव सहित जानकारी दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?