दुर्घटनाग्रस्त पाकिस्तानी विमानमा भेटियो पैसाले भरिएका दुई झोला

काठमाडौं – गत हप्ता विमानस्थलमा ल्याण्ड हुनुभन्दा केही सेकेण्ड पहिले कराँची एअरपोर्टस्थित बस्तीमा दुर्घटनाग्रस्त भएको विमानको अवशेषभित्र दुईवटा झोलाहरु फेला परेका छन् ।

दुर्घटनाग्रस्त पाकिस्तान इन्टरनेशनल एयरलाइन्स पीआईएबाट विभिन्न देशको करिब ३० करोड पाकिस्तानी रकम बराबरको रकम बरामद भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विमानमा सवाई दुईबाहेक सबैको ज्यान जानेगरी भएको उक्त दुर्घटनामा अनुसन्धानकर्ता र उद्धारकर्मीहरूले विमानको भग्नावशेषबाट पैसाले भरीएका दुई थैली बरामद गरेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यी दुई झोलाहरूमा पाकिस्तानसहितको विदेशी मुद्रा बरामद गरिएको थियो । पाकिस्तानी सञ्चारमाध्यमलाई त्यहाँका अधिकारीले बताएअनुसार लाहोरबाट कराँची जाँदै गरेको दुर्घटनाग्रस्त उक्त विमानमा तस्करी भइरहेको समेत बताएका छन् । यद्यपी यसबारे अनुसन्धान भइरहेको छ ।

पिआईएका अधिकारीका अनुसार एअरलाईन्सलाई जानकारी नै नदिई त्यस्तो रकम ढुवानी गर्न सकिँदैन र यस्तै ठूलो रकम नगद ढुवानी गर्न थप सिट टिकट किन्नु पर्छ। एक यात्रीले यसलाई तिनीहरूको सामान वा केबिन ब्यागमा राख्न सक्दैनन्। त्यसैेले यो तस्करी गरिँदै थियो भन्ने हाम्रो अनुमान छ । उनले प्रतिक्रिया दिँदै थपेका छन् यति ठूलो रकमका लागि यात्रु नगदको छेउमा बस्नु पर्छ। कुनै पनि यात्रीले अतिरिक्त सिट लिएका थिएनन् ।

अनुसन्धान अधिकारीले यति ठूलो रकम एयरपोर्ट सुरक्षा र ब्यागेज स्क्यानरहरू मार्फत कसरी प्राप्त भयो भन्ने तथ्यहरू पत्ता लगाउन आदेश प्राप्त भएको छ । घटनास्थलबाट शवहरु र तिनीहरुका सामानहरु चिन्ने प्रक्रिया जारी छ, जुन उनीहरुको परिवार र आफन्तहरुलाई हस्तान्तरण गरिनेछ।

अनुसन्धानमा खटिएका अधिकारीलाई उदृद गर्दै पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

Pakistan: Investigators find Rs 30 million in cash in crashed PIA ...

उद्धारकर्ता र खोजीकार्य गरीरहेकाहरुले बुधबार विमानको ककपिट भ्वाइस रेकर्डरको खोजी अझै जारी रहेको प्रतिक्रिया दिएका छन् । विमान दुर्घटना अनुसन्धान बोर्डले दुर्घटनाग्रस्त ठाउँ र अनुसन्धानलाई आफ्नो कब्जामा लिएर अनुसन्धान थालेको छ ।Rs 30 million found in wreckage of crashed Pakistan International ...

उनीहरुले दुर्घटनाका नक्सा स्केच, प्रमाण संकलन, भेटिएका र नजलेका सामान कागजात तथा प्रमाणहरु जुटाईरहेको पिआईएका प्रवक्ताले बताएका छन् ।

Investigators find ₹30 million in wreckage of crashed Pakistan ...

Investigators Find Rs 30 Million in Wreckage of Crashed Pak ...

97 dead, two survivors in Pakistan plane crash – Nepal24Hours.com ...

Investigators find Rs 30 million in wreckage of crashed Pakistan ...

एअरबस विज्ञहरुले पनि दुर्घटनाग्रस्त क्षेत्र अवलोकन गरेका थिए ।

Airbus experts visit PIA plane crash site in Karachi as probe ...

दुर्घटनामा ज्यान बचेका उपचाररत यात्रु 

Survivor recalls horror of Pakistan plane crash

विमान दुर्घटनास्थलमा अहिले पनि घरहरु भत्केको दृश्य देख्न सकिन्छ ।

Pakistan says 97 killed and two survived Karachi plane crash ...

Dozens killed as Pakistani passenger plane crashes near Karachi ...

विमान दुर्घटना भएपछि पार्किङ गरीएका सवारीमा समेत क्षति पुगेको थियो ।

Pakistan plane crash: Pilot's harrowing final words heard on radio ...

Pakistan: Investigators find Rs 30 million in cash in crashed PIA ...

Dozens killed as Pakistani airliner crashes in Karachi

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?