चीनद्वारा भारतीय सुँगुर र बदेल आयातमा प्रतिबन्ध

काठमाडौं । चीनले भारतीय बँदेल र सुँगुरको आयातमा प्रतिबन्ध लगाएको छ।

विश्वमा नै चीन सुँगुरको मासु सबैभन्दा धेरै उपभोग गर्ने देश अन्तर्गत पर्दछ । चीनले अफ्रिकन स्वाइन फिभर (एएसएफ) नियन्त्रणका लागि भारतीय सुँगुर आयातमा प्रतिबन्द लगाएको जनाएको छ ।

चीनले लिएको यो कदमलाई भारत(चीन सीमामा पछिल्लो समय देखिएको आन्तरिक द्वन्दसँग जोडेर हेरिएको छ।

तर चीनले असामबाट आयात गर्ने सुँगुर र बँदेलमा एएसएफ देखिएपछि चीनको सामान्य प्रशासन र कृषि तथा ग्रामीण मामिला मन्त्रालयले प्रतिबन्ध लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

गत वर्ष उक्त घातक रोगले ठुलो संख्यामा चीनमा सुँगुरहरू मरेका थिए भने यसपटक सोको उत्पादनलाई पुनर्स्थापित गर्न उसले प्रतिबन्ध लगाएको जनाइएको छ ।

साथै गत वर्ष डिसेम्बरमा एएसएफका कारण चीनको सुँगुरको मासु उत्पादनमा १६ वर्ष यताकै कमी आएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?