सरकारले ७ प्रदेशका लागि छुट्यायो ९९ अर्ब ८७ करोड, कुन प्रदेशमा कति ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ कुल बजेट विनियोजन गरेको छ ।

जसमार्फत सरकारले ७ वटा प्रदेशलाई समानीकरण, सशर्त, विशेष र समपुर अनुदान शीर्षकमा ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

जसमध्ये समानीकरण अनुदानमा ५५ अर्ब १९ करोड ५० लाख, सशर्त अनुदानमा ३६ अर्ब ३५ करोड ७५ लाख, विशेष अनुदान शीर्षकमा ३ अर्ब १३ करोड ५० लाख र समपुक अनुदान शीर्षकमा ५ अर्ब १८ करोड ६२ लाख अन्तरसरकारी वित्तीय हस्तान्तरण गरेको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

यस्तो छ प्रादेशिक बजेटको संरचना
प्रदेश १ मा १५ अर्ब ११ करोड ३८ लाख
प्रदेश २ मा १३ अर्ब ४० करोड ५९ लाख
बागमती प्रदेश मा १४ अर्ब ८६ करोड ९८ लाख
गण्डकी प्रदेश मा १३ अर्ब ३५ लाख ९९ लाख
प्रदेश ५ मा १४ अर्ब ६ करोड ९६ लाख
कर्णाली प्रदेश मा १४ अर्ब ८३ करोड ६५ लाख
सुदूपश्चिम प्रदेश मा १४ अर्ब २१ करोड ८२ लाख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?