यस्तो छ विश्वमा महामारीको पछिल्लो अवस्था : कुन देशमा कति पुगे संक्रमित र मृतक ?

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ६२ हजार ८१ जनाको मृत्यु भईसकेको छ भने ५९ लाख ९ हजार ३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २५ लाख ८१ हजार ९५१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ९७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म १ लाख ३ हजार ३३० जनाको मृत्यु भईसकेको छ भने १७ लाख ६८ हजार ४६१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ लाख ९८ हजार ७२५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार २०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म २७ हजार ११९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८४ हजार ९८६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९६ हजार ९५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा यो समाचार तयार पार्दासम्म ३७ हजार ८३७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ६९ हजार १२७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार १४२ जनाको मृत्यु भएको छ भने ३ लाख ७९ हजार ५१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ५० हजार ९९३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३३ हजार १४२ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३१ हजार ७३२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ५० हजार ६०४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४८९ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २८ हजार ६६२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८६ हजार २३८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६७ हजार १९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ४२९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ५७० जनाको मृत्यु भएको छ भने १ लाख ८२ हजार ४५२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६३ हजार २०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म महामारीका कारण २६ हजार ७६४ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ३८ हजार ८१२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९३ हजार १८१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ४६१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६० हजार ९७९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख २४ हजार ३६९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ६२७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४३ हजार ८४९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख १२ हजार ९८८ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ५४३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा बितेको २४ घण्टामा एक जना पनि संक्रमित थपिएका छैनन्। अहिलेसम्म चीनमा ८२ हजार ९९५ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ७८ हजार २९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ७११ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६५ हजार ७९९ जनालाई संक्रमण भएको छ ।

अहिलेसम्म भारतमा ७१ हजार १०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४१३ जना नयाँ संक्रमित थपिएका छन् भने २६ जनाको मृत्यु भएको छ ।

त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ६ हजार ८७७ जनाको मृत्यु भईसकेको छ भने ८८ हजार ५१२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४६ हजार ८४० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३४७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण ४ हजार ९९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४१ हजार ७७९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५९ हजार ४४२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९२६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ३८८ जनाको मृत्यु भईसकेको छ भने ५७ हजार ८४९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १५ हजार ५७२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २०८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ९०३ जनाको मृत्यु भईसकेको छ भने ४५ हजार ९५० जनालाई संक्रमण भएको छ । त्यहाँ १८२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा आज मात्रै ३ हजार ३७७ जना नयाँ संक्रमित थपिएका छन् भने आजै ४४७ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै त्यहाँ ८१ हजार ४०० जनालाई संक्रमण भएको छ भने ९ हजार ४४ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ५६ हजार ६३८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म १ हजार ३१७ जनाको मृत्यु भईसकेको छ भने ६४ हजार २८ जनालाई संक्रमण भएको छ ।

पाकिस्तानमा २२ हजार ३०५ जना उपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५७ जनाको मृत्यु भएको छ भने २ हजार ८०१ जनालाई संक्रमण भएको छ ।

विश्वमा बितेको २४ घण्टा यता मात्रै यो समाचार तयार पार्दासम्म ५३२ जनाको मृत्यु भईसकेको छ भने ८ हजार ९६ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या १ हजार ४२ पुगेको छ भने १८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?