कोरोनाको प्रकोप : अमेरिकामा के छ महामारीको पछिल्लो अवस्था ?

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्व ग्रस्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ६२ हजार २४ जनालाई संक्रमण भएको छ भने ५९ लाख ६ हजार २०२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २छ लाख ७९ हजार ८७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ९७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख ३ हजार ३३० जनालाई जनाको मृत्यु भएको छ भने १७ लाख ६८ हजार ४६१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४ लाख ९८ हजार ७२५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार २०२ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकाको न्युयोर्कमा अहिलेसम्म ३ लाख ७६ हजार ३०९ जनालाई संक्रमण भएको छ भने २९ हजार ६५३ जनाको मृत्यु भएको छ ।

त्यस्तै न्युजर्सीमा ११ हजार ४१२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५९ हजार २६४ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा बिहीवार मात्र २२ हजार ६५८ जनालाई संक्रमण भएको छ भने १ हजार २२३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?