आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कर्णाली प्रदेश

एलपी अनुरागी/सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ।

कर्णाली प्रदेशसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ। जसमा र प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेशसभामा आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

कर्णाली प्रदेश सरकारले आगामी असार १ गते करिव ३३ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए।

उनका अनुसार अघिल्लो आर्थिक वर्षको बजेटभन्दा यो आर्थिक वर्षको बजेटको आकार घट्नेछ ।

अघिल्लो बर्ष कर्णाली प्रदेश सरकारले ३४ अर्ब ३५ करोडको बजेट ल्याएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?