उद्योग र उद्योगीको आशा पूरा नभएको गुनासो

विराटनगर । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ लागि प्रस्तुत गर्नुभएको बजेटप्रति विराटनगरका उद्योगीले खुशी व्यक्त गरे पनि उद्योग र उद्योगी क्षेत्रमा आशाजनक रहेको प्रतिक्रिया दिएका छन् ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बजेटले उद्योग र उद्योगीको आशालाई पूरा गर्न नसकेको बताए ।

संघका पूर्वअध्यक्ष ताराचन्द खेतानले बजेट विकास र सुधारमा केन्द्रित देखिए पनि धराशायी हुन लागेको उद्योगप्रति मौन रहेको प्रतिक्रिया दिए । उनले पर्यटन क्षेत्रमा पुगेको नोक्सानमा राहत दिन नसकेकामा असन्तुष्टि व्यक्त गरे ।

उद्योगी महेज जाजुले उद्योगसम्बन्धी पुष्टि नभएका मुद्दा फिर्ता लिएमा राम्रो हुने बताउँदै जरिवाना र दण्ड मिनाहा हुने कुराले खुशी बनाएको बताउनुभयो ।

उद्योगी एवं राजनीतिकर्मी पवन शारडाले बजेटले साना उद्योगी र व्यापारीलाई करमा छुट दिएकामा सकारात्मक रुपमा लिँदै धेरै वस्तुमा अन्तःशुल्क घटाउनाले बजेट राम्रो भएको प्रतिक्रिया दिए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?