के–के मा कर बढ्यो के–के मा घट्यो ?

बजेट भाषणमा सरकारले लघु, घरेलु तथा साना उद्योग व्यवसायीलाई ७५ प्रतिशतसम्म आयकर छुट दिने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले बिहीबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै वार्षिक २० लाखसम्म कारोबार गर्ने करदातालाई ७५ प्रतिशत, २० देखि ५० लाख रुपैयाँसम्म कारोबार गर्नेलाई ५० प्रतिशत र ५० लाखदेखि एक करोड रुपैयाँसम्म कारोबार गर्नेलाई २५ प्रतिशत आयकर छुट दिने घोषणा गरेका छन् ।
सरकारले लघु उद्यमलाई आयकर छुटको अवधि दुई वर्ष थप गरी ७ वर्ष बनाएको छ । महिलाद्वारा सञ्चालित लघु उद्यमलाई कर छुटको अवधि तीन वर्ष थप गरी १० वर्ष पुर्‍याइएको छ ।
लघुबिमामा लाग्दै आएको मूल्य अभिवृद्धिकर ९भ्याट० सरकारले हटाएको छ । सरकारले औद्योगिक क्षेत्र वा ग्राममा स्थापना हुने विशेष उद्योगलाई पाँच वर्षसम्म कर छुट दिएको छ । ती क्षेत्रमा स्थापना भएका उद्योगहरूले कारोबार सुरु भएको मितिले ५ वर्षसम्म आयकरमा २५ प्रतिशत छुट पाउने छन् । आगामी वर्षका लागि व्यक्तिगत आयकरको सीमा भने यथावत् राखिएको छ ।

सरकारले आगामी वर्षका लागि एक दर्जनभन्दा बढी वस्तुमा लाग्दै आएको अन्तस्शुल्क हटाएको छ । तर चुरोट, सिगार, गुट्खा, पान मसलामा स्वास्थ्य जोखिम कर बढाएको छ । आगामी आवमा चुरोट र सिगरमा प्रतिखिल्ली ५० पैसा, खाने सुर्ती, खैनी, गुट्खा, पान मसलामा प्रतिकिलो ४० रुपैयाँका दरले स्वास्थ्य जोखिम कर लाग्नेछ । बिँडी र मदिरामा भने करको दर बढाइएको छैन । कान्तिपुरमा खबर छ ।

कर बढेकामा–पेट्रोल र डिजेलको भन्सार कर, प्राथमिक कृषि उपजको आयातमा भन्सार दर, चुरोट, सिंगार, गुट्खा, पान, मसलामा स्वास्थ्य जोखिम कर, निजी विद्युतीय सवारी आयातमा भन्सार दर, फर्निचर आयातमा अन्तशुल्क, , विदेशमा अध्ययन गर्ने विद्यार्थीलाई २ प्रतिशत शिक्षा सेवाशुल्क
कर घटेकामा–घरेलु उत्पादनका लागि आयात हुने मेसिन तथा कच्चा पदार्थको भन्सार दर, आर्युवेदिक कच्चा पदार्थमा भन्सार महसुल, एक् दर्जन बढी वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज, १५ प्रतिशत वन पैदावार शुल्क खारेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?