नेपाल भारतबीच देखिएको समस्या वार्तामार्फत हल खाज्छौ : भारत

काठमाडौं । भारत सरकारले नेपाल भारतबीच देखिने हरेक समस्या कुटनीतिमा वार्तामार्फत हल गर्न सकिने बताएको छ । भारतका विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नियमित पत्रकार सम्मेलनमा बोल्दै लिपुलेक, लिम्पियाधुरा र कालापानीको सवालमा नेपाल भारतबीच देखिएको समस्याको वार्तामार्फत हल खोजिने बताएका हुन् ।

उनले नेपाल भारतबिचको सास्कृतिक तथा पिारस्परिक सुम्बन्धमा दरार आउन नदिन भारत सरकार गम्भिर रहेको बताउदै भने ,सीमामा हालसालै भएका घटनाक्रममा हामी नेपालबारे नियाली रहेका छौँ । हामी विश्वास गर्दछौं कि यस मामिलालाई नेपालले गम्भीर लिएको छ ।

विश्वास र विश्वासको वातावरणमा आपसी संवेदनशीलता र पारस्परिक सम्मानका आधारमा भारत आफ्ना सबै छिमेकीहरूसँग संलग्न हुन खुला छ । यो एक निरन्तर प्रक्रिया हो र यसका लागि रचनात्मक र सकारात्मक प्रयासहरू आवश्यक हुन्छ ।

साथै उनले भारतले आफ्ना सबै छिमेकीहरूसँग पारस्परिक संवेदनशीलता र पारस्परिक सम्मानका आधारमा भरोसा र विश्वासको वातावरण कायम गर्न चाहेको बताए ।

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर आफ्नो नक्सा जारी गरेपछि सो नक्सालाई एकतर्फी सार्वजनिक गरेको भन्दै स्वीकार नगर्ने प्रतिक्रिया दिएको भारतले अहिले वार्ता मार्फत सीमा विवादलाई हल गर्ने भनेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?