यस्तो छ विश्वभर कोरोना संक्रमणको पछिल्लो अवस्था

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म विश्वभर ५८ लाख ५४ हजार ३ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ भने ३ लाख ५९ हजार ८ सय ४२ जनाको मृत्यु भएको छ । त्यस्तै २५ लाख ४० हजार १९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । साथै ५२ हजार ९ सय ४६ जनाको अवस्था गम्भिर रहेको वल्डोमिटरको तथ्याङ्कले देखाउछ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख २ हजार ७ सय १४ पुगेको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ६ सय ७ जनाले ज्यान गुमाएका छन् भने १० हजार ६ सय ४९ जनामा संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म अमेरिकामा १७ लाख ५६ हजार ४ सय ५२ जनामा कोरोना संक्रमण देखिएको छ । वल्डोमिटरको तथ्यांकका अनुसार ४ लाख ९४ हजार ७ सय २२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै संक्रमितमध्ये १७ हजार १ सय ८२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २५ हजार ९ सय ३५ पुगेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ ४ लाख १८ हजार ६ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ३८ जनाको ज्यान गएको र ३ हजार ९ सय ४७ जनामा संक्रमण फैलिएको छ ।

त्यस्तै रसियामा हालसम्म ३ लाख ७९ हजार ५१ ज्ना मानिसमा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा १ सय ७४ जनाको ज्यान गएसँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ४ हजार १ सय ४२ पुगेको छ । बितेको २४ घण्टामा रसियामा ८ हजार ३ सय ७१ जनामा कोरोना संक्रमण देखिएको छ भने संक्रमित मध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ । हालसम्म रसियामा १ लाख ५० हजार ९ सय ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७ हजार १ सय १९ पुगेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँका २ लाख ८४ हजार ९ सय ८६ जनामा संक्रमण देखिएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ जनाको ज्यान गुमाएको र १ हजार १ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । साथै १ लाख ९६ हजार ९ सय ५८ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ सय ५४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३७ हजार ८ सय ३७ पुगेको छ । यो समाचार तयार पार्दासम्म बेलायतमा २ लाख ६९ हजार १ सय २७ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र ३ सय ७७ जनाको कोरोनाको कारण ज्यान गइसकेको र १ हजार ८ सय ८७ जनामा कोरोना संक्रमण देखिएको छ । भने संक्रमितमध्ये १ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३३ हजार १ सय ४२ पुगेको छ । यो समाचार तयार पार्दासम्म २ लाख ३१ हजार ७ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७० जनाको ज्यान गएको र ५ सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म १ लाख ५० हजार ६ सय ४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको अवस्थामा ४ सय ८९ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ५ सय ९६ पुगेको छ । यो समाचार तयार पार्दासम्म फ्रान्समा १ लाख ८२ हजार ९ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म ६६ हजार ५ सय ८४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये १ हजार ५ सय १ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै छिमेकी देश भारतमा बितेको २४ घण्टामा ७ हजार २ सय ६२ जनामा कोराना संक्रमण फैलिएको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ६५ हजार ३ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ । भने हालसम्म ४ हजार ७ सय १० जनाको कोरोनाको कारण ज्यान गुमाएका छन् । त्यस्तै हालसम्म ७० हजार ७ सय ८६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । वल्डोमिटरको तथ्यांक अनुसार संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?