अमेरिकामा कोरोनाको कारण १ लाख बढीको ज्यान गयो , यस्तो छ पछिल्लो अवस्था

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख २ हजार ७ सय १४ पुगेको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ६ सय ७ जनाले ज्यान गुमाएका छन् भने १० हजार ६ सय ४९ जनामा संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म अमेरिकामा १७ लाख ५६ हजार ४ सय ५२ जनामा कोरोना संक्रमण देखिएको छ । वल्डोमिटरको तथ्यांकका अनुसार ४ लाख ९४ हजार ७ सय २२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै संक्रमितमध्ये १७ हजार १ सय ८२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्याङ्कले देखाएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ५८ लाख ५४ हजार ३ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ भने ३ लाख ५९ हजार ८ सय ४२ जनाको मृत्यु भएको छ । त्यस्तै २५ लाख ४० हजार १९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । साथै ५२ हजार ९ सय ४६ जनाको अवस्था गम्भिर रहेको वल्डोमिटरको तथ्याङ्कले देखाउछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?