नागरिकको जीवन रक्षासँग केन्द्रीत भएर बजेट आएको छ : योगेश भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना भाइरसको महामारीबाट अर्थतन्त्रमा पारेको असरलाई कम गर्ने र नागरिकको जीवन रक्षासँग केन्द्रीत भएर बजेट आएको बताए ।

स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा झण्डै २२ अर्ब बढी बजेट विनियोजन हुनुले स्वास्थ्य क्षेत्र बढी प्राथमिकतामा परेको उनले बताए । कृषि क्षेत्रलाई आधुनिक बनाउने र ठूलो संख्यामा जनशक्ति परिचालन गर्दै रोजगारी सिर्जना गर्ने तर्फब जेट केन्द्रीत भएको उनको भनाई छ ।

मन्त्री भट्टराईले विदेशबाट फर्केका नेपालीको सीपलाई प्रयोग गरी स्वरोजगार बनाउने तर्फ बजेट उन्मुख भएको समेत बताए । सबैभन्दा धेरै धक्का परेको पर्यटन व्यवसायमा कर छुट, सस्तो ब्याजमा ऋण दिने व्यवस्था, त्यस्तै कर्मचरीको सुरक्षाका लागि कोषको व्यवस्था गरेकोले बजेट सन्तुलित रहेको भट्टराईको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?