कोरोना संक्रमित जनप्रतिनिधीको सम्पर्कमा आएका ४४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडौं । केहि दिन अघि गुल्मीको सदरमुकामको बैठकको जमघटमा कोरोना संक्रमित एक जना जनप्रतिनिधी संग बसेका ४४ जनाको रिर्पोट नेगटिभ आएको छ । त्यस मध्ये धेरै जसो जनप्रतिनिधी , डाक्टर , कर्मचारी र सञ्चारकर्मीहरु थिए ।

उनीहरुको शव परिक्षणका लागि प्रदेशको प्रयोगशालामा पठाईएको पठाइएका ४४ जना कै रिर्पोट नेगटिभ आएको जिल्ला अस्पतालको मेडिकल सुपरिडेन्डेन डाक्टर उत्तम पाच्याले जानकारी दिए । त्यस दिन जिल्ला विपद ब्यवस्थापन समितिकोबैठकमा जिल्ला समन्व्य प्रमुख लक्ष्मण पराजुली , सिडियो भरतकुमार शर्मा लगायत पनि थिए ।

ती सबैको रिर्पोट नेगेटिभ आए पछि खुशी ब्यक्त गरिएको छ । त्यस दिन जम्मा भएका र स्वाब परिक्षण गर्न छुटेकाहरुलाई अब छिटै बोलाएर पठाईने डाक्टर पाच्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?