पर्साको ठोरीमा पुल निर्माण, भारतीयद्वारा सञ्चालनमा अवरोध

काठमाडौं । पर्साको ठोरीस्थिल पुल सञ्चालनमा भारतीय पक्षले अवरोध गरेको छ । सो विषयमा भारतीय र नेपाली पक्षबीच झडपको स्थिति देखिएको छ। नेपाली पक्षले ३ बर्ष अघि बनाएको पुल हिजोबाट संचालनमा ल्याएको थियो ।

तर, भारतीय पक्षले आफूहरुको कुलो पुरेको भन्दै पुल संचालनमा अवरोध गरेका हुनु । भारतीय पक्षले पुलसँग जोडिएको सडक भत्काइदिएको ठोरी ३ का वडा अध्यक्ष सूर्य लामाले जानकारी दिए ।
पुल भएको ठाउँबाट दुई वटा कुलो बनाएर एउटा सिंचाईको लागि नेपालतर्फ र अर्को भारततर्फ लगिएकोमा उनीहरुले दुईटै कुलो भारततर्फ लैजान पुल संचालनमा अवरोध गर्न खोजेको वडाध्यक्ष लामाले बताए ।

ठोरीमा पटक पटक नेपाली र भारतीय पक्षबीच विवाद हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?