कपिलवस्तुमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

शम्भु माली / कपिलवस्तु । कपिलवस्तुमा थप २४ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

योसँगै कपिलवस्तुमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १ सय ३२ पुगेको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा कपिलवस्तु नगरपालिका वडा नं. ७ मा १ जना, वडा नं. ८ का १२ जना र विजयनगर गाँउपालिका वडा न. ३ का २ जना, वाड न ५ का १ जना, वडा न. ७ का ६ जना रहेका छन् ।

त्यस्तै महाराजगंज नगरपालिका वडा नं. म ७ का पुरुष १ रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकन पर्सन कुमार थापाले बताए ।
थापाका अनुसार उनीहरुको स्वास्थ्यअवस्था सामान्य रहेको र स्वास्थकर्मीको सम्पर्कमा रहेको छ ।

यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गरेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?