बजेटले निजी क्षेत्र उत्साहित बन्न सक्दैनन्: पशुपति मुरारका

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले आगामी आर्थिक वर्षको बजेटबाट निजी क्षेत्र धेरै उत्साहित बन्न नसक्ने बताएका छन् ।

“समग्र अर्थतन्त्र सुधार गर्नका लागि चालिनु पर्ने कदमलाई हेर्ने हो भने धेरै क्षेत्रमा सम्बोधन गर्ने प्रयास भएको तर यसबाट लगानी बढ्ला वा उद्योगी व्यवसायीले केही राहत पाउलान भन्ने नदेखिएको ।” उनले बताए ।

समग्रमा व्यवसायीहरुले सोचेजस्तो सम्बोधन कुनैपनि क्षेत्रमा नभएको बताए । त्यतिमात्र नभएर अर्थमन्त्रीको बजेट सम्बोधनले उत्साहित हुनुपर्ने नदेखिएको बताए ।

“समग्र अर्थतन्त्र सुधार गर्नका लागि चालिनु पर्ने कदमलाई हेर्ने हो भने धेरै क्षेत्रमा सम्बोधन गर्ने प्रयास भएको छ । तर यसबाट लगानी बढ्ला वा उद्योगी व्यवसायीले केही राहत पाउलान भन्ने देखिएन । समग्रमा हामीले सोचेको जस्तो सम्बोधन चैं कुनै क्षेत्रमा भएको छैन । उद्योग व्यवसायको क्षेत्रमा पनि अर्थमन्त्रीको सम्बोधनले उत्साहित हुनु पर्ने अवस्था देख्दिन । इकोनोमी’मा ‘मनी पम्प’ गरेको देखिएन । साना उद्योगहरुलाई राहत तथा सहज हुने किसिमको सम्बोधन गर्न खोजेको चैं देखियो । यद्यपी कर्जालाई नै राहत भन्न त मिलेन नि हैन रु रिफाइनान्सिङको कुरा गर्नु भएको छ अर्थमन्त्रीले तर यसले नै उद्योग कलकारखाना सञ्चालनमा सहजता आउँछ भन्न सक्ने अवस्था छैन ।समग्रमा भन्नु पर्दा सम्बोधनका प्रयासहरुलाई सकरात्मक मान्नु पर्छ, तर विगत वर्षमा पनि यस्ता कार्यक्रम घोषणा नभएका हैनन् । त्यसैले कार्यान्वायन कति हुन्छ हेर्दै जाउँ ।” उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?