म्याग्दीका एक युवामा देखियो कोरोना

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण देखिनेमा म्याग्दीको मालिका गाउँपालिकाका ३० वर्षीय पुरुष रहेका छन् । जिल्लाको बेनी नगरपालिकाको क्वारेन्टाइनमा रहेको अवस्थामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

उनलाई सदरमुकाम बेनीस्थित आइसोलेसनमा कक्षमा राख्ने तयार भइरहेको पनि निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । १८७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने ५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?