सरकारले व्यवसायीको माग नसमेटेको गोल्छाको आरोप

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेसँगै आफ्ना मागहरु नसमेटिएको भन्दै निजि व्यवसायीहरुले बजेटमा असन्तुष्टि जनाएका छन् ।

सरकारले बजेट प्रस्तुत गरेसँगै उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विद्युत डिमाण्ड शुल्कमा छुटको माग गरेको तर सरकारले बजेटमा उल्लेख नगरेको बताएका छन् ।

“हामीले विद्युतको डिमाण्ड शुल्कमा छुटको माग गरेका थिंयौ जुन बजेटमा आएको छ तर हामीले २० प्रतिशत छुटको माग गरेका थियौं त्यो उल्लेख भएको छैन् ।” उनले भने ।

त्यस्तै व्यवसायीहरुले २ तहको भन्सार छुट हुनुपर्ने माग गरेको तर बजेटले त्यसको स्पष्ट नपारेको बताए ।

भ्याटको दर घट्नुपर्ने, स्टिमुल्स प्याकेजको कुरा पनि कन्फ्युजनमा नै रहेको उनले बताए । सरकारले व्यवसायीहरुको माग पुरा नगरेपनि अहिले नै दुखी भैहाल्ने अवस्था नआएको पनि बताए । उनले भने, “व्यवसायीहरुले २ तहको भन्सार छुट हुनुपर्छ भनेका थियौं त्यसमा पनि स्पष्टता छैन । भ्याटको दर घट्नुपर्छ भनेर माग गरिएको थियो,त्यो पनि बजेटमा भएन । स्टिमुलस प्याकेजको कुरा पनि कन्फुजन्मै छ तर पनि अहिलेको को अवस्थमा दुखी भै हाल्ने अवस्था छैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?