बजेट परम्परागत रुपमा आएकाले वर्तमान समस्याको समाधान नगर्ने बाबुराम भट्टराईको आरोप

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बजेट परम्परागत रुपमा आएकाले वर्तमान समस्याको समाधान नगर्ने बताए ।

वित्तीय व्यवस्थापनको क्षेत्रमा सिद्धान्तको रुपमा ठिक रहेको उल्ले गर्दै उनले कोरोना महामारीबाट न्यूनिकरणको लागि गरिएको व्यवस्था, व्यवसायीलाई राहत दिने, रोजगारी सिर्जना गर्ने, कृषि क्षेत्रमा प्राथमिकता दिने कुरा कार्यान्वयनमा जान कठिन हुने गरी बजेट ल्याइएको बताए ।

बजेट चालु आर्थिक वर्षको भन्दा कम भएको र राजस्व समेत घटेको अवस्थामा विशेष क्षेत्रलाई बढी लक्षित गरेर बजेट ल्याउनुपर्ने बताए । स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट ९० अर्ब मात्र रहेकोले अहिलेको परिस्थितिसँग जुध्न कठिन हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?