जनतालाई राहत दिने ढंगले बजेट आएको प्रचण्डको प्रतिक्रिया

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कोरोना महामारीको विषम परिस्थितिमा सन्तुलित र जनतालाई राहत दिने ढंगले बजेट आएको बताए । बजेट सिर्जनात्मक, प्रगतिशिल, जनपक्षिय र समाजवादउन्मुख ढंगले आएको उनले बताए ।

बजेटले सबै जनता र खासगरी निम्न वर्गका जनतालाई राहत दिने गरी आएको उनले बताए । आन्तरिक र बाह्य ऋण सहयोग र राजस्वको अनुमान वस्तुवादी भएकाले बजेटको स्रोतहरु त्यसैबाट जुट्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?