हेर्नुहोस् २०७७ साल जेठ १६ आजको राशिफल

काठमाडौं । वि.सं. २०७७ जेठ १६ गते । शुक्रवार । इ.स.२०२० मे २९ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर ।

उत्तरायण । ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । जेष्ठ शुक्लपक्ष । तिथी–सप्तमी,१९ बजेर १३ मिनेट उप्रान्त अष्टमी ।

नक्षत्र– मघा,२७ बजेर ५० मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग व्याघात,२० बजेर २६ मिनेट उप्रान्त हर्षण । करण– गर,०८ बजेर १० मिनेट उप्रान्त वणिज, १९ बजेर १३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–काण योग ।

चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय ६ बजेर ११ मिनेटमा, सूर्यास्त १८ बजेर ५२ मिनेटमा । दिनमान ३४ घडी १३ पला । सगरमाथा आरोहण दिवस । शान्ति सेना दिवस । कुमार–यात्रा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी वीबीचको मायाको गाँठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरीले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।

विद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

सजक नबन्दा आफन्त टाडिनेछन् भने अध्ययन तथा कामको शिलशीलामा कष्टकर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ ।

व्यापारमा मन्दी आउने भए पनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

छोटो समयका लागि हेरिने फाईदाले पछि लाई घाटा हुन सक्छ । योजनाहरु तत्काल सार्वजनिक नगर्नु नै उत्तम हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

न्यायालयसँग सम्बन्धीत कामहरु थाती राख्नुहोला । खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भागलिने अवसर आएपनि भनेजस्तो नतिजा निकाल्न मुस्किल पर्नेछ ।

बन्धुबान्धबहरुसँग मनमुटाव सिर्जना हुनेछ भने सैद्धान्तिक राय बाजिनेछ । समय मध्यम रहेकोले चोटपटक लाग्ने तथा स्वास्थ्यमा समस्या देखापर्नेछ । पढ्ने लेख्ने काममा मन नजानाले अरुभन्दा पछि परिनछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आफन्त तथा कुटुम्ब सँगको चिसिएको सम्बन्धमा सुधार आउनेछ भने मिष्ठान्न भोजनका साथ समय व्यतित गर्न सकिनेछ ।

थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।

प्रेमील जोडीहरुले रमाईलो ठाउँको यात्रा गरी दिन व्यतित गर्न सक्नेछन् । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ ।

सूचना प्रविधीको प्रयोग गरी नयाँ काम गर्न सकिने हुनाले धन आर्जन गर्न सकिनेछ ।

पढाई लेखाईका अलावा खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई दाम दुबै कमाउन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाई लेखाईमा मन नजादा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ ।

स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा बढिनै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ ।

काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

कार्यक्षेत्रमा आलोचना गर्ने तथा फसाउनेहरु सक्रिय हुनेछन् । व्यापारमा प्रशस्त समय दियमात्र आम्दानी हुनेछ ।

अग्रज तथा आफन्तहरुको असहयोगले राम्रा काम गर्ने अवसर गुम्नेछ । पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछी परिनेछ । पैत्रिक धन सम्पतिका प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

राजनीतिज्ञको लागी समय मध्यम रहेको छ । व्यापारमा प्रशस्त समय दिएपनि आम्दानी न्युन हुनेछ । बुवा तथा अग्रजसँग मनमुटाव बढ्ने तथा घरायसी कुरामा राय बाजिनेछ । पढाई लेखाईमा समय दिएपनि नतीजा भनेजस्तो आउने छैन ।

माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । अप्ठ्यारा परिस्थितीसँग जुध्नु परेपनि लक्ष्य पहिल्याउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समयले साथ दिने हुदा धर्म तथा अध्यात्म लगाएत अन्य वस्तुको व्यापार फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेको छ भने पढाई लेखाईमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ ।

माया प्रेममा नजिक भई आफ्ना मनका कुरा साटासाट गर्न सकिनेछ । राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

लामो खटाईमा बावजुत आंशिक सफलता हात पार्न सकिनेछ । पढाई लेखाईमा कमी कमजोरी भएको अनुभूति हुनेछ ।

व्यापारमा मन्दी आउनाले अर्थ अभाव हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ ।

आफन्त तथा दिदिबहिनीसँग मनमुटाव सिर्जना हुनेछ । विवाद तथा आलोचना हुदा हुँदै पनि जिम्मेवारी बहन गर्नुपर्ने समय रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

जीवन साथीको सहयोगले राम्रा तथा उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजिमुलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

सवारी साधन तथा विलाशी सामान हात लागी हुने योग रहेको छ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

कार्यक्षेत्रमा सजक हुनुहोला,आलोचना गर्नेहरु सक्रिय हुनेछन् । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा मनजोर भएको महशुस हुनेछ ।

बिद्या तथा प्रतिस्पर्धामा अरुनै हावी हुनेछन् । माया प्रेममा नजिक हुन केहि समय लाग्नेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । मामा तथा मावली पक्षसँग मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?