विमानस्थल निर्माण र स्तरोन्नतीका लागि १९ अर्ब ४२ करोड बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण तथा स्तरोन्नतीका लागि १९ अर्ब ४२ करोड रुपैयाँ छुट्याएको छ ।

२०७७/०७८ बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष भैरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि बजेट छुट्याएको घोषणा गरेका छन् ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि कुल १९ अर्ब ४२ करोड बजेट विनियोजन भएको अर्थमन्त्री खतिवडाले बताए ।

त्यस्तै बाराको निजगढ विमानस्थलमा बस्ती स्थानान्तरणका लागि बजेट विनियोजन गरिएको छ ।

त्यस्तै सुर्खेत र चितवनको भरतपुर विमानस्थललाई प्रादेशिक उडानका लागि स्तरोन्तनी गरिने पनि उनले बताएका छन् ।

सरकारले आगामी आर्थिक वर्षमा बाँकेको नेपालगन्ज र मोरङको विराटनगरमा नयाँ टर्मिनल भवन निर्माणको घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?