सुर्खेतको क्वारेन्टाइनमा रहेका बझाङका एक व्यक्तिमा कोराना संक्रमण पुष्टि

बझाङ । भारत को दिल्लीबाट नेपाल आएर सुर्खेतको क्वारेन्टाइनमा बस्दै आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बझाङको केदारस्यूँ गाउँपालिका १ घर भएका ५५ बर्षिय एक व्यक्तिमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा सुर्खेतमा गरिएको पीसिआर परिक्षणमा बझाङका ती व्यक्तीसँगै १५ जनामा कोरोना संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाको तथ्यांकमा उल्लेख छ ।

सुर्खेतमा रहेका बझाङका व्यक्तिमा कोरोना पुष्टी भएपछि बझाङबासी त्रसित बनेका छन ।

केदारस्यूँ गाउँपालिका १ घर भएका ५५ बर्षिय एक व्यक्तीमा पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको जिल्ला जन स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताए । भारतबाट नेपाल आएर सुर्खेतको क्वारेन्टाइनमा बस्दै आएका ती व्यक्ति गृह जिल्ला बझाङ भने नआएको उनको भनाइ छ ।

पछिल्लो समयमा रोजगारीका लागि भारत गएका बझाङबासी जिल्ला भित्रिनेक्रम बढदो छ । यसरी जिल्ला भित्रिएका कतिपय मानिसहरु क्वारेन्टाइनमा बस्ने गरेका छन भने कतिपय मानिसहरु सिधै घर जाने गरेका छन ।

कोरोना भाइरसको संक्रमणले विश्व नै थला परिरहेका बेला बझाङमा भने भारतबाट मानिसहरु गृह जिल्ला सम्म ल्याउन राजनितिक प्रतिष्पर्धा नै चलेको छ ।

यसरी कोरोना भाइरसको संक्रमणमा पनि राजनीतिक रंग दिइन्छ भने भोली बझाङमा पनि महामारीको रुप नलेला भन्न सकिन्न । त्यसैले सबैले सचेत रहेर कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्नुपर्ने जरुरी छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?