सबै खालका भत्ता खारेज गरिने

काठमाडौं । अर्थमन्त्री यूवराज खतिवडाले सबै खालका भत्ता साउन १ गतेबाट खारेज गरेको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै बैठक भत्ता, खाजा भत्ता, सेमिनार गोष्ठी लगाएतका भत्ताहरु कट्टा गरिएको बताए।

त्यस्तै उनले इन्धन खर्च सबै कटौती गरिएको पनि बताए ।

आगामी आर्थिक वर्षमा कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका बाहेक सबैको भत्ता खारेज गरिएको छ । साथै प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्तालगायतका भत्ता कटौती भएको छ । भ्रमण भत्ता, इन्धन, फर्निचर, नयाँ सवारी खरिदमा उल्लेख्य बजेट कटौती गरिएको छ ।

अर्थमन्त्री खतिवडाका अनुसार मध्यमकालिन खर्च संरचनालाई सुदृढ गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?