अब देशभरका विद्यालयमा दिवा खाजा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि देशभर दिवा खाजा कार्यक्रम लागू गर्ने भएको छ ।

आगमी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अहिलेसम्म ४३ जिल्लामा मात्र लागू हुँदै आएको दिवा खाजा कार्यक्रम ७७ वटै जिल्लामा लागू गरिने भएको जानकारी दिए ।

कक्षा ५ सम्मका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई दिउँसो खाजा दिईदै आएकोमा यो कार्यक्रम देशभर लागू गर्न लागिएको हो ।

त्यस्तै सरकारले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रको लागि १ खर्ब ७१ करोड रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड छुट्याएको बताए ।

त्यस्तै आगामी आर्थिक वर्षमा विश्वविद्यालय अनुदान अयोगमार्फत दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड छुट्याइएको अर्थमन्त्री खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?