शिक्षा क्षेत्रको लागि सरकारले छुट्यायो १ खर्ब ७१ करोड

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रको लागि १ खर्ब ७१ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड छुट्याएको बताए ।
त्यस्तै आगामी आर्थिक वर्षमा विश्वविद्यालय अनुदान अयोगमार्फत दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड छुट्याइएको अर्थमन्त्री खतिवडाले बताए ।

त्यस्तै सरकारले सामुदायिक विध्यालयहरुमा कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई त्यहिँ राख्‍न दिवा खाजा कार्यक्रम ल्याएको छ । त्यसको लागि ७ अर्ब ५२ करोड बजेट विनियोजन गरिएको छ । जसबाट २८ लाख बालबालिका लाभान्वित हुने अनुमान गरिएको छ ।

त्यसैगरी सरकारले  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६ अर्ब बजेट विनियोजन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?