जसितालाई ‘घुम्न जाउँ है इन्जिन गाडीमा’ भन्दै प्रदिप

काठमडौं, ३ फागुन । नेपाली चलचित्र ‘लिलिबिली’मा समावेश गरिएको दोस्रो गीत सार्वजनिक भएको छ । चलचित्रको शिर्ष गीत प्रेम दिवसको अवसर पारेर सार्वजर्निक गरिएको थियो । चलचित्रको ‘घुम्न जाउँ है इन्जिन गाडीमा’ बोलको गीत सार्वजनिक गरिएको छ एस डी योगीको स्वर तथा संगीत रहेको यो गीतमा एकतारेको शब्द छ ‘घुम्न जाउँ है इन्जिन गाडीमा’ बोलको गीतमा कलाकार प्रदिप खड्का र जसिता गुरुङले अभिनय गरेका छन् । कविराज गहतराजले कोरियोग्रफी गरेको गीतलाई स्कटल्याण्डमा सुदिप बरालले गीतको भिडियो खिचेका हुन् मिलन चाम्सले निर्देशन गरेको चलचित्रमा मिलन, गोविन्द शाही र सुदिप खड्काले लगानी गरेका छन् प्रदिप खड्का, जसजता गुरुङ, प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धु्रव दत्त, रितेश चाम्स लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ चन्द्र पन्तको एक्सन र अर्जुन जीसीले सम्पादन गरेका छन् । चलचित्र चैत्र ३० गतेबाट रिलिज हुने निर्माणपक्षले जानकारी दिएको छ https://youtu.be/_WoCV4c6XOE

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?