राष्ट्रपति शैक्षिक कार्यक्रम विस्तार गरिने, ६ अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम विस्तार गर्ने भएको छ ।

त्यसको लागि ६ अर्ब छुट्याइएको अर्थमन्त्री डा युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै बताएका छन् ।

सबै नागरिकहरुलाई शिक्षाको पहुँच पुर्याउनको लागि माध्यमिक तहका निजी स्कुलले एक सामुदायिक स्कुलको जिम्मेवारी लिनुपर्ने घोषणा गरेका छन्।

त्यस्तै आगामी आर्थिक वर्षमा भर्चुअल कक्षा सञ्चालनमा जोड दिइने सरकारको लक्ष्य रहेको अर्थमन्त्री खतिवडाले बताए । राष्ट्रपति शैक्षिक कार्यकम अन्तर्गत एक हजार ८०० स्कुल स्थापना गर्न रकमको व्यवस्था गरिएको छ ।

त्यस्तै सरकारले आगामी वर्ष आधारभूत शिक्षामा सबैको पहुँच स्थापित गरिने गर्ने तथा मातृभाषाको शिक्षालाई मुलधारमा ल्याउने योजना रहेको छ ।

त्यस्तै आगामी आर्थिक वर्षमा शैक्षिक पुर्वाधारहरु विकास गरि साक्षर नेपाल घोषणा गर्ने पनि अर्थमन्त्री डा खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?