धनगढी, ३ फागुन । प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् ।प्रदेश प्रमुख मोहनराज मल्लले भट्टलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सांसद भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भट्टले आगामी शनिबार पद तथा गोपनियताको शपथ लिनेछन् एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा प्रदेश प्रमुखसमक्ष भट्टले आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका थिए डोटीबाट प्रदेश सभामा निर्वाचित भएका उनलाई एमालेले समर्थन गरेपछि मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश ७ मा एमालेका २५, माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राजपाका २ जना सांसद रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया