निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ । विश्व विद्यालय अनुदान अयोगमार्फत दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड विनियोजन गरिएको अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए ।

आगामी वर्ष आधारभूत शिक्षामा सबैको पहुँच स्थापित गरिने भएको छ । सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मातृभाषाको शिक्षालाई मुलधारमा ल्याउने बताए ।

सरकारको योजना रहेको मन्त्री खतिवडाले बताए । साक्षर नेपाल घोषणा गर्ने मन्त्री खतिवडाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?