काठमाडौं । सरकारले सुरक्षाकर्मीको लुगा, धागो लगायतका लताकपडा स्वदेशमा नै उत्पादन गर्ने व्यवस्था गर्ने बताएका छन् । सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उलताकपडा स्वदेशमा नै उत्पादन गर्ने व्यवस्था गर्ने जानकारी दिए । राष्ट्रसेवकको पोशाक र जुत्ता स्वदेशमै उत्पादन हुने व्यवस्था मिलाइने पनि अर्थमन्त्री खतिवडाले बताए ।
साथै सरकारले सबै प्रदेशमा १ उद्योगको नीति ल्याउने भएको छ ।
निर्माणाधीन व्यापारीक मार्ग सम्पन्न गर्ने र औद्योगिक करीडोरको रुपमा विकास गर्ने भएको छ । यसको लागि सरकारले २ अर्ब ६४ करोड रुपैयाँ छुट्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया