काठमाडौं । गीतकार रत्नशमशेर थापाको ८३ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा बिहीवार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उनको निधन भएको हो ।
आकस्मिक स्वास्थ्यमा समस्या भएपछि उनलाई बुधवार राति नर्भिक अस्पताल लगिएको थियो ।
उनको कोरोना संक्रमण जाँच गर्न स्वाब समेत लिइएको स्रोतले जनाएको छ ।
उनको ‘घुम्तीमा नआउ है’, ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘पंक्षीमा डाँफे’, ‘जाग लम्क चम्क हे नौजवान हो’, ‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा’ लगायत सयौं गीतहरु लोकप्रिय रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया