काठमाडौं । बझाङमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज गरिएको स्वाब परीक्षणमा बझाङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बझाङमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालका कुल ७७ वटा जिल्ला मध्ये ५१ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
यसैबीच नेपालमा आज (बिहीवार) मात्रै १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ भने १८७ जना उपचार पछि निको भएका छन् । त्यस्तै ५ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया