प्रदेश नं. २ को एमाले संसदीय दलको नेतामा मण्डल

धनुषा, ३ फागुन । प्रदेश नम्बर २ को नेकपा (एमाले)को संसदीय दलको नेतामा सत्यनारायण मण्डल निर्वाचित भएका छन् संसदीय दलको नेताको लागि दाबी गर्दै आएका मण्डल र शत्रुधन महतोबीच सहमति हुन नसके पछि आज भएको मतदानमा मण्डल निर्वाचित भएका हुन् मतदानमा विजयी मण्डलले १२ मत प्राप्त गर्नुभएको थियो भने महतोले आठ मत प्राप्त गर्नुभएको थियो । मतदानमा एक मत बदर भएको थियो । प्रदेश २ मा एमालेको २१ जना प्रदेश सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?