पूजा गरिसकेपछि किन मागिन्छ माफी ?

काठमाडौं । हिन्दू धर्मावलम्बीहरु हरेकको घरमा पूजा भएको नै होला । पूजा घरमा नभएपनि हामी मन्दिरमा गएर गरेका नै छौँ ।

मन्दिरमा गएर हामी पूजा गर्दा मन शान्त बनाउँछौँ र भगवानको आराधना गर्दर्छौं । पूजा गरिसकेपछि हामीले क्षमा याचना पनि मागेको हौँला । तर किन पूजा सकिएपछि क्षमा याचना गरिन्छ त ? आज हामी तपाईलाई त्यसको बारेमा जानकारी गराउनेछौँ ।

धार्मिक मान्यताका अनुसार हामी जुन नियमले पूजा गर्दर्छौँ त्यो नियममा केहि कमी भएको हुनसक्ने डरले हामी भगवानसँग क्षमा याचना माग्छौँ ।

क्षमा याचना गर्ने विशेष मन्त्र

आवाहनं न जानामी न जानामी विसर्जनम् ।
पूजां चैव नजानामी क्षमस्व परमेश्वर ।।
मन्त्रहीनं क्रियाहीनं भक्तिहीनं जनार्दन ।
यत्पूजितं मया देव परिपूर्ण तदस्तु मे ।।

अर्थात् : भगवान म तपाईलाई बोलाउन पनि जान्दिन र बिदा गर्न पनि हामी जान्दिन । मलाई पूजा गर्न र पाठ गर्न पनि आउँदैन । मलाई यी तमाम गल्तीहरुबाट क्षमा गर्नुहोस् ।

मलाई पूजा गर्ने प्रक्रिया पनि थाहा छैन र मन्त्र पनि याद छैन त्यसैले मलाई माफ गरेर मेरो पूजा स्विकार्नुहोस् ।

क्षमा माग्दा के लाभ हुन्छ ?

यो कुरा हामीले जान्नै पर्छ कि, क्षमा माग्दा के लाभ हुन्छ त ? क्षमा माग्दा अहंकारको भावना हट्छ । क्रोध ईर्ष्याहरु मनमा आउँदैनन् । त्यसैले मन पवित्र हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?