सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ४६ पुगेको छ । बिहिवार मात्रै दैलेखका ८ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
भारतबाट केहि दिनअघि आइ क्वारेन्टाइनमा बसेकाहरूबाट लिइएको रिपोर्ट पोजेटिभ सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखा प्राुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए । उनिहरूमध्ये सबै जना दैलेखको नारायण नगरपालिकाका रहेको उनले बताए ।
८ जनामध्ये १ जना महिला र ७ जना पुरूष रहेका छन् । सबै संक्रमितहरू दैलेखको नारायण नगरपालिकाका रहेका छज् । नारायण नगरपालिका वडा नं । १ का २६ वर्षिय पुरूष, वडा नं ३ का १९, ३०, ३६ र ४० वर्षका पुरूष रहेका छन् । त्यस्तै नारायण नगरपालिका वडा नं। १ वर्षका बालक र २० वर्षकी महिला साथै वडा नं। ५ का१७ वर्षका पुरूष रहेका छन् ।
यसअघि दैलेखका ८ जना, सुर्खेतका २८, बझाङका १ जना र ठेगाना नखुलेका १ जना गरि ३८ जना कर्णालीमा कोरोना संक्रमित थिए । आज थप भएका ८ जनासहित कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको हो । भने दैलेखमा मात्रै १६ पुगेको छ । मन्त्रालयका अनुसार सबै कोरोना संक्रमित सामान्य अवस्थामा स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया