८८ किलो सुनकाण्ड ५ जना सुन व्यवसायी पक्राउ

काठमाण्डौं, ४ असोज ।८८ किलो सुन काण्डमा ५ जना सुन व्यवसायी पक्राउ परेका छन ।न्यूरोडस्थित रन्जना ट्रेड सेन्टरमा रहेको कार्य विनायक सुनचाँदी गहना पसलका संचालक गणेश दत्त,रविश्याम ट्रेडसका संचालक सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसलका संचालक शुभरत्न शाक्य,उल्लास दिनकर, नन्दकुमार मर्गलाई प्रहरीले पक्राउ गरेको हो ।महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले ८८ किलो सुन काण्डमा उनीहरुको पनि संलग्नता देखिएकाले पक्राउ गरिएको बताए ।गत भदौं १७ गते महाशाखाको टोलीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको थियो ।सो सुन चीनको केरुङ हुदैँ काठमाडौं आएको थियो। सुन चिनियाँ नागरिकले नेपालसम्म ल्याइदिएको र सुन मालिकहरु उनीहरु नै हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?