कोरोनाको प्रकोप : अमेरिकामा फेरी बढ्न थाले मृतक र संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमण जताततै अहिले व्याप्त छ । महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ३ लाख ५७ हजार ४३२ जनाको मृत्यु भएको छ भने ५७ लाख ९० हजार १०३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २४ लाख ९७ हजार ६१८ जना स्वास्थ्योपचार पछि निको भएका छन् । ५२ हजार ९७४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसको संक्रमणबाट अति प्रभावित देश अमेरिकामा अहिलेसम्म १ लाख २ हजार १०७ जनाको मृत्यु भईसकेको छ भने १७ लाख ४५ हजार ८०३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ लाख ९० हजार १३० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार १६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा बुधवार मात्रै २० हजार ५४६ जना संक्रमित थपिएका छन् भने १ हजार ५३५ जनाको मृत्यु भएको छ । केहि दिन यता मृत र संक्रमितको संख्या घट्दै गएको अमेरिकामा फेरी बढ्दै जान थालेको छ ।

अमेरिकाको न्युयोर्कमा अहिलेसम्म २९ हजार ५५३ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ७४ हजार ६७२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्युजर्सीमा ११ हजार ३४१ जनाको मृत्इु भईसकेको छ भने १ लाख ५७ हजार ८१८ जनालाई संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?