कोरोनाको प्रकोप : भारतमा एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु, संक्रमित पनि उच्च

काठमाडौं । कोरोना भाइरसको संक्रमण जताततै अहिले व्याप्त छ ।

महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ३ लाख ५७ हजार ४३२ जनाको मृत्यु भएको छ भने ५७ लाख ९० हजार १०३ जनालाई संक्रमण भएको छ ।

त्यसतै २४ लाख ९७ हजार ६१८ जना स्वास्थ्योपचार पछि निको भएका छन् । ५२ हजार ९७४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म ४ हजार ५३४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५८ हजार ३३३ जनालाई संक्रमण भईसकेको छ ।

त्यस्तै आज मात्रै त्यहाँ २४७ जना नयाँ संक्रमित थपिएका छन् भने भारतमा ६७ हजार ७४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा बुधवार मात्रै ७ हजार २९३ जना संक्रमित थपिएका छन् ।

यो भारतमा एकदिनमा थपिएका अहिलेसम्मकै धेरै संक्रमितको संख्या हो । त्यस्तै बुधवार नै १९० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?