नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९०५ पुग्यो

काठमाडौं । नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ९०५ पुगेको छ ।

आज गरिएको स्वाब परीक्षणका क्रममा गणडकी प्रदेशको स्याङ्जा जिल्ला वालिङ ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २६ र २२ का दुई पुरुष तथा वर्ष ३९ की एक महिला समेत गरेर थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उनीहरुलाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भईरहेको पनि प्रदेश सरकारले जनाएको छ ।

त्यस्तै गण्डकी प्रदेशको नवलपरासी बर्दघाट सुस्ता (पूर्व) जिल्ला, देवचुली नगरपालिका ठेगाना भएर सोहि पालिकामा रहेको क्वारेन्टाइनमा बसेका एक १९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उनी भरतुरको कोरोना अस्पतालमा उपचाररत छन् । गणडकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?