मुख्य बाली सिजनलाई मगाएको रासायनिक मल भारतको गुजरात र कोलकातामा रोकिएको छ ।
लकडाउनका कारण मजदुर अभाव भएपछि करिब दुई महिनादेखि मल रोकिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
‘साउनसम्म युरिया करिब १ लाख, डीएपी मल ४० हजार टन चाहिन्छ । हामीसँग युरिया २३ हजार र डीएपी २९ हजार टनमात्रै मोज्दात छ’, मन्त्रालयका एक अधिकारीले भने, ‘आयात गर्न प्रक्रिया पुरा भइसकेको मल भारतमै रोकियो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया