सलमानको नयाँ गीत ‘हिन्दू मुस्लिम भाई–भाई’ बजारमा, युट्युबमा भाइरल भयो भाइरल

काठमाडौं । बलिउड चर्चित अभिनेता सलमान खानले ईदका अवसरमा आफ्नो नयाँ गीत ‘भाई भाई’ युट्युबमा रिलिज गरेका छन् । उक्त गीतमार्फत सलमानले साम्प्रदायिक सौहार्द तथा भाईचाराको सन्देश दिएका छन् । सलमानले स्वयमले आवाज दिएका छने भने गीत कम्पोज साजिद–वाजिदले गरेका छन् ।

उक्त गीतमा रुहान अरशदले -याप लेखेका छन् । ‘मैले तपाईहरु सबैका लागि केही बनाएको छु, हेरेर प्रतिक्रिया दिनुस् कस्तो लाग्छ । तपाईहरु सबैलाई ईद मुबारक ।’ सलमानले सोमबार मध्यराति सामाजिक सञ्जालमार्फ गीतको लिंक शेयर गर्दै लेखेका छन् ।

यस गीतलाई अहिलेसम्म युट्युबमा १ करोड ३१ लाखभन्दा धेरैपटक हेरिसकिएको छ । सलमानले यस गीतबाट दर्शकको प्रतिक्रिया पनि राम्रो पाएका छन् । केही प्रयोगकर्ताले सलमान वास्तविक इन्टरनेटर रहेको भन्दै प्रशंशा गरेका छन् । केहीले उनले सही विषय गीतमार्फत उठाएको बताएका छन् ।

सलमानले १८ अप्रिलमा आफ्नो युट्युब च्यानल बनाएका थिए । त्यसयता उनले यस च्यानलबाट तीनवटा गीत ‘प्यारा करोना’, ‘तेरे बिन’ र अहिले ‘भाई भाई’ रिलिज गरिसकेका छन् ।

उनको च्यानलमा हालसम्म कुल भ्युअर्स ५ करोड ५० लाख बढी पुगेको छ । भने एक महिनामा उनको च्यानलमा सब्सक्राइबर्स संख्या १८ लाख नाघिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?