प्रदेश ६ मा नभए अन्यत्र पनि केन्द्रको सहमति लागु हुँदैन : बस्नेत

काठमाडौं, ३ फागुन । माओवादी केन्द्रका नेता शक्ति बस्नेतले प्रदेश ६ मा एमालेले मुख्यमन्त्रीमा आलोपालोको बखेडा झिकेको बताएका छन् केन्द्रको सहमतिअनुसार सबै प्रदेशमा मुख्यमन्त्रीको भागबण्डा भएको भन्दै उनले प्रदेश ६ मा लागु नभए अन्यत्र पनि लागु नहुने चेतावनी दिए केन्द्रको भागवण्डा अनुसार प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादीको भागमा परेपनि एमाले ६ नम्बर प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले आलोपालो मुख्यमन्त्री हुनुपर्ने माग राखेपछि प्रदेश सरकार बन्न सकेको छैन माओवादीका प्रदेश ६ का इन्चार्ज बस्नेतले भने एमालेले अनावश्यक बखेडा झिकेको बताएका छन् । प्रदेश ६ मा सहमति लागु नभए अन्य प्रदेशमा पनि प्रभावित हुने उनको चेतावनी छ प्रदेश ६ मा सरकार गठनका लागि एमालेले सहमति अनुसार माओवादी केन्द्रलाई समर्थन गर्नुपर्ने भएपनि अहिलेसम्म समर्थन गरेको छैन । प्रदेश ५ मा माओवादीले पूर्व ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?