नेपालमा ९ सय नाघे कोरोना संक्रमित, आजै थपिए १२९

काठमाडौं । बुधवार एकैदिन १२९ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेशमा १५ जनासहित विभिन्न जिल्लामा गरी १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या ९०१ पुगेको छ।

यसअघि बुधवारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ११४ जनामा कोरोनाको संक्रमण पुष्टि गरेका थिए । भने बाँकि १५ जनाको भने सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश पुष्टि गरेको हो ।

यद्यपी थपिएका १५ जनाको सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशले पुष्टि गरेपनि स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकि रहेको छ ।

त्यस्तै नेपालमा हालसम्म कोरोना उपचारपछि १ सय ८७ जना निको भएर घर फर्किएका छन् । आजै मात्र ३२ जना उपचारपछि घर फर्किएका हुन् । भने ५ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?