प्रहरी महानिरीक्षक अर्यालद्वारा जिल्ला प्रहरी कार्यालय इलामको भवन उद्घाटन

इलाम, ३ फागुन । जिल्ला प्रहरी कार्यालय, इलामको नवनिर्मित भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । भवनको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उद्घाटन गरेका हुन् विसं २०७२-७३ देखि पहिलो चरणमा निर्माण कार्य शुरु गरिएको भवन उद्घाटन भएको हो भने दोस्रो चरणमा पुनः अर्को भवन निर्माण भइरहेको छ । पहिलो चरणअन्तर्गत निर्मित भवनमा साना–ठूला गरी २२ वटा कोठा रहेका छन् । यसको अनुमानित लागत रु चार करोड ५१ लाख ४७ हजार ६१८ रहेको इलामका प्रहरी प्रमुख विपिनकुमार कर्माचार्यले जानकारी दिए दोस्रो चरणमा रु चार करोड पाँच लाख ९० हजार ८३९ को लागतमा भवन निर्माण हुने बताइएको छ । पुराना भवनहरु साना तथा साँघुरा भएका र गत २०७२ सालमा आएको भूकम्पका कारण क्षति पुगेपछि नयाँ भवन निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?