थप ४ जना कोरोना उपचारपछि घर फर्किए

काठमाडौं । नेपालमा थप ४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उपचाररत ४ जना बुधवार (आज) राती ८ बजे डिस्चार्ज भइ घर फर्किएका हुन् ।

त्यस्तै आज दिउसो नै नेपालमा २८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका थिए ।

योसँगै नेपालमा कोरोना उपचारपछि घर फर्किनेको संख्या १ सय ८७ पुगेको छ । नेपालमा हालसम्म ८ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ । भने ४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?