काठमाडौं । संविधान संशोधनको विधेयक संसदको कार्यसूचीबाट हटाएसँगै यतिबेला राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ ।
बुधवार(आज) बसेको संसद बैठकमा संविधान संशोधन विधेयक संसदमा लैजाने प्रस्ताव गरिएपनि केही समय अघि मात्र प्रस्ताव हटाइएको जानकारी गराइएको थियो ।
सरकारले अतिक्रमित भूमीसहितको नक्सा जारी गरेसँगै नेपालको निशान छापमा नयाँ नक्सा राख्नका लागि संविधान संशोधन गर्न प्रस्ताव गरिएको थियो ।
पूर्व निर्धारित कार्यसूचीबाट विधेयक प्रस्ताव हटाएसँगै संविधान संशोधनमा केही ढिलाई हुने भएको छ ।
संविधान संशोधनका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि समर्थन गरेको थियो । मंगलवार साँझ बसेको सर्वदलिय बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकपछि पार्टीको संस्थागत निर्णय दिने बताएका थिए ।
संविधान संशोधन संसदमा नभएसँगै कतिपयले कांग्रेसको कारण ढिला भयो भन्ने आशंका व्यक्त गरेका छन् । यसैक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसको खण्डन गरेका छन् ।
उनले संविधान संशोधनको प्रक्रिया अविलम्ब सुचारु गर्नका लागि प्रधानमन्त्रीलाई आग्रह समेत गरेका छन् । प्रस्ताव ल्याँउदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने ? को गर्दैछ यो षड्यन्त्र ? भन्दै प्रश्नसमेत गरेका छन् ।
साथै पार्टीको केन्द्रीय समितिको बैठकपछि पार्टीको संस्थागत निर्णयका साथ नयाँ नक्सा र शंसोधनको पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दिइसकेको बताएका छन् ।
संविधान संशोधनको विषयमा सधैँ चट्टानी रुपले दृढ भएको दृढताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने,”प्रस्ताव ल्याउंदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने ? को गर्दैछ यो षड्यन्त्र ? @PM_Nepalप्रक्रिया सुचारु गर्नोस् l के.स.को बैठक बसेर संस्थागत निर्णय साथ नयाँ नक्सा र शंसोधनको पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दिसकेका छौं l यसमा हामी चट्टानी रुपले दृढ छौं / रहन्छौं l ”
प्रस्ताव ल्याउंदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने ? को गर्दैछ यो षड्यन्त्र ?@PM_Nepal प्रक्रिया सुचारु गर्नोस् l के.स.को बैठक बसेर संस्थागत निर्णय साथ नयाँ नक्सा र शंसोधनको पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दि´सकेका छौं l यसमा हामी चट्टानी रुपले दृढ छौं / रहन्छौं l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 27, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया