राष्ट्रपति भण्डारीद्वारा ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं, ३ फागुन । राष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् बिहीबार नै ओलीले माओवादी केन्द्रसहितको समर्थनमा आफूलाई प्रधानमन्त्री बनाउनका लागि दाबी पेश गरेका थिए राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले विज्ञप्ति जारी गर्दै एमाले अध्यक्ष केपी ओलीले आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि माओवादी केन्द्रको समेत समर्थनसहितको पत्र बुझाएको उल्लेख गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?