कोरोनाको संक्रमणले मृत्यु भएकाहरुको शवबाट भाइरस सर्छ कि सर्दैन ?

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको अवस्था र उनीहरुको अन्तिम संस्कार हेर्दा एउटा कठोर दृश्य जस्तै लाग्छ ।

किनभने अन्तिम संसकार गर्न पनि आफन्तहरुले पाउँदैनन् र टाढैबाट उनीहरुको अन्तिम संस्कार भईरहेको हर्न बाध्य हुनुपर्ने यो अवस्था छ ।

यी तमाम दृश्यहरूले केवल मृत्युको मात्र होइन मृतकसँग पनि त्रास पैदा गरिरहेका छन्।

त्यसले पोस्टमोर्टमबाट रोग फैलनसक्ने आशङ्का र सङ्क्रमितको शरीरबाट भाइरस सर्नसक्ने सम्भावनाको डर पैदा भईरहेको छ ।

के शवबाट कोभिड-१९ सर्छ ?

यदि आवश्यक सावधानी अपनाइएको छ भने मृतकको शरीरबाट कोभिड-१९ सर्दछ भनेर डराउनुपर्ने कुनै तुक नरहेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले बताएको छ ।

यो रोग लगाउने सार्स कोभ २ भाइरस विशेषगरी मानिसहरूले निकाल्ने थुक वा र्‍याल जस्ता कुराका छिटाहरूबाट सर्ने गरे पाइन्छ। बोल्दा, हाच्छिउँ गर्दा वा खोक्दा यस्ता छिटाहरू हाम्रो मुखबाट बाहिर निस्किन्छन् ।

जसका कारण यदि संक्रमित व्यक्ति हाम्रो नजिक छ भने हामीलाई विभिन्न थुकका छिटाहरुबाट कोरोना सर्न सक्छ ।

साथै कतिपय कडा सतहहरूमा यी भाइरस केही दिनसम्म जीवित रहन सक्ने कुरा वैज्ञानिकहरुले बताइसकेका छन्।

अमेरिकन हेल्थ अर्गनाइजेसनका एकजना प्रवक्ता विलियम अडुक्रोले भनेका छन्, ‘आजका दिनसम्म मृतकको शरीरबाट जीवित मान्छेमा यो भाइरस सरेको कुनै पनि प्रमाण भेटिएको छैन ।’

उनले थपे, ‘त्यसो भन्दैमा हामीले यो सर्दैन भन्न खोजेका होइनौँ, तपाई मृतकलाई एकदमै प्रेम गर्नुहुन्छ त्यसैले चुम्बन गर्न वा अन्य त्यस्तै गर्न चाहनुहुन्छ। हामीले अझै पनि रोकथाम र नियन्त्रणको अभ्यास गर्नुपर्छ ।’

डब्लूएचओले गत मार्चमा जारी एउटा निर्देशिकामा रक्तस्राव हुनेखालका ज्वरोहरू (इबोलाजस्ता) र हैजालाई छाडेर आम रूपमा मृतकको शरीरबाट सङ्क्रमण नहुने उल्लेख गरिसकेको छ।

त्यसमा भनिएको छ, यदि महामारीयुक्त इन्फ्लुएन्जा भएर मृत्यु भएकाहरूको फोक्सोलाई चिरफारका बेला सही तरिकाले सम्हालिएन भने रोग सर्नसक्छ। अन्यथा शवबाट रोग सर्दैन ।

तर कडा खाले श्वासप्रश्वास सम्बन्धी रोगबाट मृत्यु भएकाहरूको फोक्सो र अन्य अङ्गहरूले भाइरसका लागि आश्रयस्थलको काम गरेका हुन सक्छन्।

चिरफारका बेला ती भाइरसहरू बाहिर आउन सक्छन्। त्यसमा प्रयोग भएका उपकरणहरूमा पनि ती बस्न सक्छन्।

कोभिड-१९ लागेर ज्यान गएकाहरुका मृतकका आफन्त र साथीहरुले के विचार गर्नु जरुरी छ भने, शव गाड्ने वा जलाउने कार्य सुरक्षितरूपमा व्यवसायिक मानिसहरूबाट गरिएको हुनुपर्छ।

केही स्थानमा कोभिड-१९ का कारण लगातार मृतकको सङ्ख्या बढ्दा अन्तिम संस्कारमा सङ्कट पैदा भएको छ।

श्रोत बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?